
सिड्नी । प्राणघातक रोग क्यान्सरको रोकथाम र उपचारमा ठुलो मात्रामा लगानी गरिरहेको अस्ट्रेलियाले क्यान्सर नर्सहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ, जसले उनीहरुले पाउदै आएको पारिश्रमिक देखि अन्य सेवासुविधामा बृद्धि हुनेछ ।
क्यान्सर रोगीहरुको उपचार, हेरचाह र स्याहारसुसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नर्सहरुका लागि १ सय ६६ मिलियन डलरको प्याकेज घोषणा गर्दै संघीय स्वास्थ्यमन्त्रीले त्यसमध्ये ७५ मिलियन डलर प्रत्यक्ष रुपमा नर्सहरुको सेवासुविधामा खर्च गरिने बताएका छन् ।यो घोषणाले सन् २०३४ सम्म क्यान्सरलाई शुन्यमा झार्ने सरकारी उद्देश्यलाई सघाउ पुग्ने अपेक्षा लिईएको छ ।
अस्ट्रेलियाभर अहिले २ हजारको हाराहारीमा क्यान्सर नर्सहरु कार्यरत रहेको सरकारी तथ्यांक रहेको छ । उनीहरुले बार्षिक ८५ हजार देखि एक लाख डलरसम्म आम्दानी गर्दै आएका छन् । सरकारी घोषणाले, उनीहरुको बार्षिक आम्दानीमा भारी मात्राले बृद्धि हुने बताईएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services