सिड्नीमा कोभिडको त्रास, १० हजार बढी संक्रमित भेटिए
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा अनपेक्षित ढँगले कोभिड १९ को संक्रमण फैलिएपछि विशेष सर्तकता अपनाउन यहाँ राज्य सरकारले सार्वजनिक आब्हान गरेको छ । क्रिसमस र नयाँ बर्षको पूर्वसन्ध्यामा संक्रमण फैलिएपछि स्थिति भयावह हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरु चिन्तित बनेका छन् ।

न्यू साउथ बेल्स राज्यको स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर देखि नोभेम्बर तेसो साताको समाप्तिसम्म आइपुग्दा, सिड्नीका विभिन्न सबबहरुमा संक्रमितको सँख्या ९४ प्रतिशतले बढेको छ । पछिल्लो दुईसातामा मात्रै १० हजार भन्दा बढी संक्रमति भेटिएपछि, सिड्नीको सरकारी र नीजि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

सर्वसाधारणको अत्यधिक चाप हुने, बोन्डाई, लिभरपुल लगायतका सबबहरु कोभिडको इपिसेन्टर बन्दै गएका छन् । जनस्वास्थ्य अधिकारीले, उच्च स्वास्थ्य सुरक्षा अपनाउनका साथै तत्काल भ्याक्सिन र बुस्टर लगाउन आब्हान गरेका छन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services