इनर्जी बिलमा अफरैअफर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । क्रिसमस र नयाँ बर्षको पुर्वसन्ध्यामा अस्ट्रेलियामा इनर्जी कम्पनीहरुले आफ्ना उपभोगक्ताका लागि भारी मात्रामा डिस्काउट अफर गरेका छन् । विद्युतको महसुल आकाशिएको बेला यस्ता अफरले खाशगरि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।

विजुली उत्पादन, वितरण र जडानको काम गर्दै आएको अस्ट्रेलियाका पाँच भन्दा बढी प्रतिस्पर्धी कम्पनीहरुले २१ प्रतिशतदेखि ३० प्रतिशतसम्म डिस्काउट अफर गर्नुका साथै विभिन्न किसिमका इन्सेन्टिभहरु पनि घोषणा गरेका छन् । यस्ता अफरहरु मासिक शुल्क देखि जडान खर्चसम्म लागू हुनेछ । अस्ट्रेलियामा पछिल्लो समय दैनिक उपभोग्य बस्तु, घरभाडासँगै विद्युतको महसुस समेत आकाशिएपछि, उपभोक्ताहरु मारमा परेका छन् ।

अहिले अस्ट्रेलियामा एउटा युनिटले बार्षिक रुपमा औषत १८ सय २७ डलर विद्युत महसुल तिर्दै आएका छन् । डिस्काउट अफर र इन्सेन्टिभहरुबाट उपभाक्ताहरुले २ सय डलरसम्म बचाउन सकिने कम्पनीहरुले दाबी गरेका छन् ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services