पिआरको कोटाबारे पुर्नविचार गर्ने अस्ट्रेलियाको तयारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै, स्थायी वशोवाश (पिआर) को नीतिलाई कडाई गरिनुपर्ने अस्ट्रेलियाको संघीय सरकारलाई अर्थविद् तथा समाजशास्त्रीहरुले सुझाब दिएका छन् ।

नगारिक तहबाट आप्रवासी नीति खुकुलो हुँदा, बजार क्षेत्रमा अत्यधिक जनघनत्व बढेको र महँगी आकाशिएको गुनासो बढ्दै गएको सन्र्दभमा विज्ञहरुले समेत सोही सुझाब दिन थालेपछि संघीय सरकारले निकट भविश्यमा पिआरको बार्षिक कोटालाई घटाउन सक्ने अनुमान गरिएको छ । अस्ट्रेलियाका पूर्वअर्थमन्त्री एवम् फ्युचर फण्डका अध्यक्ष पिटर क्यास्टेलोले आप्रवासीको तह, उच्च बिन्दुमा रहेको भन्दै यसले तत्कालिन आर्थिकबृद्धिमा सघाउ पुगेपनि, होशियारपूर्ण व्यवस्थापन आवश्यक रहेको उल्लेख गरेका छन् ।

अस्ट्रेलियाले पछिल्ला बर्षहरुमा पिआरको बार्षिक कोटा, १ लाख ९० हजारको हाराहारीमा निर्धारण गर्दै आएको छ । दुइमहिनाअघि, इमिग्रेशन प्रणालीलाई व्यापक कडाई गर्ने ऐन जारी गरेको संघीय सरकारले आप्रवासी नीतिलाई समेत रिभ्यू गर्ने तयारी गरिरहेको बताईएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services