अस्ट्रेलियामा तलब बृद्धि दर १४ बर्ष यताकै उच्च
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियामा तलब बृद्धि दर १४ बर्ष यताकै उच्च रहेको एक अध्ययनले देखाएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको आँकडा अनुसार, जुलाई देखि अक्टोबरसम्मको पहिलो तीन महिनामै १.३ प्रतिशतले तलबबृद्धि भएको र त्यसबाट न्यून आयस्तर भएका र एज केयर क्षेत्रमा कार्यरत कामदारहरुलाई प्रत्यक्ष रुपमा फाइदा भएको जनाएको छ ।

जुलाई १ देखि, फेयरवर्क कमिशनले ४.५ प्रतिशत तलबबृद्धिको सिफारिश गरेपनि, त्यसयता, नीजि र सरकारी तवरबाटै नियमित तलबबृद्धि भएको अध्ययनले देखाएको छ । तलबबृद्धि १४ बर्षयताकै उच्च विन्दुमा रहेपनि, दैनिक उपभोग्य बस्तु, शिक्षा, स्वास्थ्य र यातायातको शुल्क पनि सोही गतिमै बढेकोले, बजारमा व्याजदरको मुल्य बढ्दै गएको अध्ययनको निस्कर्ष छ ।

प्रधानमन्त्री एन्थोनी एलबनिजीले स्वास्थ्य क्षेत्रमा सरकारले ल्याएको कार्यक्रमले आर्थिकबृद्धिमा सहयोग पुगेको बताएका छन् । अध्ययनले, अस्ट्रेलियामा अहिले पुरुषले साप्ताहिक रुपमा सरदर, २ हजार ७५ डलर महिलाले १७ सय ५० डलर आम्दानी गर्दैै आएको समेत देखाएको छ ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services