धमाधम भिषा रद्द हुँदा तनाबमा विद्यार्थीहरु
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । अस्ट्रेलियाको इमिग्रेशन विभागले अन्तराष्ट्रिय विद्यार्थीको अनुगमन र निगरानीमा कडाई गरेसँगै धमधाम भिषा रद्द हुन थालेको छ । विद्यार्थीको भिषाको नाममा थुप्रै विकृति बढेको भन्दै इमिग्रेशन विभागले ट्याक्सेशन अफिससँग सहकार्य गरेर, विद्यार्थीको बैंक खाता सम्म, पहुँच स्थापित गरेपछि, तोकिएको भन्दा बढी काम गरेका, नियमित क्याम्पस तथा कलेज नगएका र बारम्बार कोर्ष परिर्वतन गरेका विद्यार्थीका भिषा रद्द हुन थालेका हुन् ।

यतिसम्मकी, क्यासमा काम गरेका तर, नियमित बैक खातामा तलब बुझेका विद्यार्थीहरु पनि इमिग्रेशनको निशानामा परेका छन् । अस्ट्रेलियामा विद्यार्थीले हप्ताको २४ घण्टा मात्रै काम गर्न पाउने प्रावधान रहेको छ । इमिग्रेशनबाट धमाधम फोन र इमेल आउन थालेपछि अन्तराष्ट्रिय विद्यार्थीहरु कति बेला भिषा रद्द हुने हो, भन्ने तनाबमा बस्न बाध्य भएका छन् ।

पछिल्लो एक महिनामा मात्रै, यस्ता पाँच हजार भन्दा बढी विद्यार्थीको भिषा रद्द भएको बताईएको छ, जसमा नेपाली, भारतीय र पाकिस्तानी विद्यार्थीको सँख्या उच्च रहेको छ । भिषा रद्द भएपछि, इमिग्रेशन लयरको सहयोगमा अदालतमा पुनरावेदन गर्ने अधिकार भएपनि, यो प्रक्रिया खर्चिलो हुनुका साथै पुन भिषा पाउने संभावना न्यून रहन्छ ।

(Visited 46 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services