अस्ट्रेलियामा विद्यार्थीलाई थप कडाई, डाटा म्याचिङ प्रणाली लागू
प्रकाशित मितिः12 months ago

सिड्नी । अस्ट्रेलियाको ट्याक्सेशन अफिस अर्थात कर कार्यालयले अन्तराष्ट्रिय विद्यार्थीहरुको आम्दानीको अनुगमन र सुपरिवेक्षणका लागि ‘डाटा म्याचिङ सिस्टम’ लागु गर्ने घोषणा गरेको छ । विद्यार्थीहरुले कानुनी रुपमा तोकिएको भन्दा बढी काम गरेको भन्दै अत्यधिक रुपमा गुनासो बढेपछि, एटिओले, उक्त प्रणाली मार्फत विद्यार्थीको आम्दानी, भिषाको अवस्था र करको दायित्वबारे अनुगमन र सुपरिवेक्षण गर्न लागेको हो ।

यस सिस्टम मार्फत एटिओले विद्यार्थीको ट्याक्स फाइल नम्बर र अस्ट्रेलियन विजनेस नम्बर (एबिएन)हरु मार्फत सहजै बैक खातामा पहुँच पाउनेछ । एटिओले विद्यार्थीको भिषा लगायत अन्य कुरामा इमिग्रेशन डिर्पामेन्टसँग डाटा सहकार्य समेत गर्ने, घोषणा गरेको छ । कोभिड महामारीपछि केहि समय आफ्नो सीमा र प्रणालीलाई निकै खुकुलो बनाएको अस्ट्रेलियाले अहिले हरेक दिन कडाई गर्दै लगेको छ ।

कानुनीमा रुपमा विद्यार्थीले हप्ताको २४ घण्टा मात्रै काम गर्न पाउने भएपनि, कलेज र क्याम्पस भन्दा, काममा बढी ध्यान दिने, अस्ट्रेलिया आउने वित्तिकै कोर्ष परिर्वतन गर्ने जस्ता विकृति बढेको छ । एटिओले सन् २०२६ सम्ममा पूर्ण रुपमा यो प्रणाली कार्यान्वयन गर्ने पनि जनाएको छ । यसबाट हप्ताको २४ घण्टा भन्दा बढी काम गर्ने अन्तराष्ट्रिय विद्यार्थीहरु तत्काल समस्यामा पर्ने देखिएको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services