अस्ट्रेलियामा सबैभन्दा धेरै कमाई हुने दश पेशा
प्रकाशित मितिः10 months ago

सिड्नी । रोजगारी र अध्ययनका लागि आकर्षक गन्तव्यको रुपमा परिचित अस्ट्रेलियामा स्वास्थ्य क्षेत्रका कामदारहरुले सबैभन्दा धेरै तलब पाउने गरेका छन् । अष्ट्रेलियन ट्याक्सेसन अफिसले केहि समयअघि सार्वजनिक तथ्यांक अनुसार, सर्जनहरुले सबैभन्दा बढी तलब पाउदै आएका छन् ।

उनीहरुले बार्षिक ४ लाख ५७ हजार अस्ट्रेलियन डलर प्राप्त गर्ने गरेका छन् । दोश्रो नम्बरमा रहेका छन्, मेडिक स्पेसलिस्ट अर्थात, एनिस्थेटिस्ट । उनीहरुले बार्षिक ४ लाख २६ हजार डलर तलब पाउदै आएका छन् । तेस्रो नम्बरमा छन्, फाइनान्सिएल डिलर । उनीहरुले बार्षिक ३ लाख ४१ हजार डलर तलब बुझ्दा, चौथोस्थानमा रहेका छन्, स्वास्थ्य क्षेत्रकै इन्टरनशल मेडिकल स्पेशलिस्ट ।

उनीहरुले बार्षिक ३ लाख ३४ हजार डलर आम्दानी गर्दै आएको एटिओले जनाएको छ । पाँचौ स्थानमा रहेको साइकाइटिस्टको तलब बार्षिक २ लाख ७० हजार डलर रहेका छन् भने छैटौमा डाक्टर तथा जनरल मेडिकल छन्, उनीहरुले २ लाख ५१ हजार डलर तबल बुझ्दै आएका छन् । सातौ स्थानमा छन्, इञ्जिनियर, खाशगरि माइनिङ क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले बार्षिक १ लाख ९७ हजार डलर तलब पाउने गरेका छन् ।

आठौ स्थानमा छन्, न्यायधिश र कानुनी व्यवसाय । उनीहरुको बार्षिक एक लाख ९३ हजार डलर तलब रहँदा, नवौ स्थानका सिइओ एवम् म्यानेजिङ इाइरेक्टरहरुले एकलाख ७७ हजार र दशौ स्थानमा रहेका व्यवसायिक लगानीका सल्लाहकारहरुले बार्षिक एक लाख ६९ हजार आम्दानी गदै आएका एटिओले जनाएको छ ।

(Visited 112 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services