अस्ट्रेलियामा मानसिक स्वास्थ्यको समस्या बढ्दो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । अस्ट्रेलियामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको, एक अध्ययनले देखाएको छ । तथ्यांक विभागले हालै गरेको एक अध्ययनले हरेक बर्ष यो समस्या बढ्दै गएको भन्दै यसबारे व्यक्ति, समाज र सरकार गम्भिर बन्नुपर्ने आवश्यकता औल्याएको छ ।

जीवनको कुनै पनि विन्दुमा मानसिक स्वास्थ्यको समस्या देखिन सक्ने भन्दै अध्ययनले, एन्जाइटीलाई सबैभन्दा ठुलो समस्या भनेको छ । जसमा २९ प्रतिशतले आफूलाई उक्त समस्या देखेको उल्लेख गरेका छन् । त्यस्तै, २० प्रतिशतले एडिक्सनका कारण पनि उक्त समस्या देखिएको बताएका छन्, जसमा लागुऔषध र अलकोहल समावेश छन् । डिप्रेशन, अर्को ठुलो मानसिक समस्याको रुपमा देखा परेको छ ।

अध्ययनले १६ प्रतिशतमा डिप्रेशनको समस्या रहेको उल्लेख गरेको छ । विभागले, मानसिक स्वास्थ्य समस्याबारे समयमै खुलेर कुरा गर्न र समाधानको उपाय खोज्नु नै उसको उत्तम विकल्प भएको जनाएको छ । अस्ट्रेलियामा दिनहु नेपाली समुदायको जनसँख्या बढ्दै जाँदा, मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन पनि आवश्यक देखिएको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services