
काठमाडौं । दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ ।पछिल्लो समय वैदेशिक रोजगारीका लागि कोयिा जाने नेपालीको संख्या बढेको तथा औद्योगिक दुर्घटना, आकस्मिक मृत्यु, आत्महत्या, डिप्रेशन, लगायतका घटनामा नेपाली कामदारहरुको मृत्यु हुने गरेको देखिएको छ ।
सोलस्थित नेपाली दूतावासले प्रवासी श्रमिकका लागि विविध किसिमका परामर्श सेवा उपलब्ध गराएको भएपनि संङख्यात्मक हिसाबले आत्महत्या र आकस्मिक मृत्युको घटना गम्भीर रुपमा देखिएको छ । जसमध्ये रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएकाहरुनै बढी देखिन्छन् ।
कोरियामा नेपाली राजदूतावास स्थापनापछिको विगत पन्ध्रबर्षकोे कालखण्डमा आत्महत्या, आकस्मीक मृत्यु,औधोगिक दुर्घटना, विविध रोगको कारणले गरि कूल २४५ जनाको मृत्यु भएको देखिएको छ ।साथै कार्यस्थलमा भएको औधोगिक दुर्घटनामा ज्यान गुमाएका र कार्यस्थलमै भएको घाँउचोट अंगभंग ईत्यादी घटनाबाट पिडितहरुको परिवार समक्ष हालसम्म कूल ५० करोड नेपाली रुपैयाँ क्षतिपूर्ति पुगेको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।
समुन्द्र तटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक नेपालीको हकमा दूतावासको कानूनी पहल कदमीले मृतकका परिवारले नेपाली ४५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन् ।दक्षिण कोरियामा नेपाली श्रमिकको सङ्ख्या दिनानुदिन बढेपनि नेपाली दूतावाससँग आफ्ना नागरिक कहाँ, कसरी, कुन अवस्थामा छन् भन्ने वास्तविक तथ्याङ्क नै छैन ।सन् १९७४ मे १५ मा नेपाल–दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको तीस वर्ष पछि सन् २००५ मा दुई देशबीच हवाई तथा सांस्कृतिक सम्झौताले सम्बन्ध थप विकसिट भएको थियो ।
कोरियामा नेपाली आवासीय दूतावास सन् २००७ मा स्थापितपछि सन् २००८ देखि दक्षिण कोरियाले रोजगार प्रक्रिया प्रणाली९ईपिएस०को भाषा परीक्षा उत्तीर्णको प्रक्रियामार्फत नेपाली कामदारलाई जिटुजी माध्यमबाट कोरियाको श्रम बजारमा अनुमति प्रदान गरेसँगै हाल करिब ९० हजार नेपालीहरु रोजगार गर्ने गरेका छन् ।दक्षिण कोरियामा कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपालीहरु काम गर्दछन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services