अमेरिका र चीनबीच मतभेद
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः12 months ago

विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको समेत आरोप लगाएको छ ।

आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको वासिङ्टनको आरोप छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्नेबारेमा चिनियाँ अधिकारीसँग वार्ता गर्न बेइजिङ पुगेका अमेरिकी अधिकारी जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले चीनका राजनीतिक माग पूरा हुनुपर्ने शर्त अघि सार्नुभएको थियो । उहाँले चीन जलवायुसम्बन्धी मुद्दामा बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तत्कालीन अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा चिसिएको सम्बन्ध जलवायु परिवर्तनका असरलाई लिएर अझ बिग्रिएको छ । सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने महत्वपूर्ण लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services