क्याम प्रिमियर लिगको ‘ड्रिम’ टोली सार्वजनिक
प्रकाशित मितिः12 months ago

सिड्नी । दोश्रो संस्करणको क्याम प्रिमियर लिगको ‘ड्रिम’ टोली सार्वजनिक गरिएको छ । लिग अवधि व्यक्तिगत रुपमा शानदार प्रर्दशन गर्ने खेलाडीलाई समेट्दै आयोजक क्याम (CAM)युथ एशोसिएशन अस्ट्रेलियाले सिजनको उत्कृष्ट–११ सार्वजनिक गरेको हो । लुम्बिनी क्रिकेट क्लबलाई उपाधि दिलाउने कप्तान सरोज पाठकलाई नै ड्रिम टोलीको कप्तान बनाईएको छ । टोलीमा, लुम्बिनीबाट कप्तान पाठक सहित, मध्यक्रमका व्याटर राहुल श्रेष्ठले स्थान बनाएका छन् ।

बुद्धभुमी क्रिकेट क्लबबाट अलराउण्डर नितेश थापा र बलर सागर शर्मा, बाउन्ड्री लाइन क्रिकेट क्लबबाट ओपनर राजु न्यौपाने र विवेक कँडेल, सिम्रीक ब्वाइजबाट ओपनर किरण बस्याल र अलराउण्डर आकाश पाठक, चितवन राइनोजबाट अनिल पाठक, हाम्रो युथबाट साहिल थापा र दि नेक्स्ट राइजिङबाट दिपांशु बमले उत्कृष्ट ११ मा स्थान बनाएको आयोजकले जनाएको छ ।

गत हप्ता सम्पन्न लिगको फाइनलमा लुम्बिनी क्रिकेट क्लबले दि नेक्स्ट राइजिङ क्रिकेट क्लबलाई ६६ रनले पराजित गर्दै उपाधि जितेको थियो । विजयी खेलाडी तथा टोलीलाई न्यू साउथ बेल्स क्रिकेटका प्रतिनिधि, प्रतियोगिताका प्रायोजक तथा सामाजिक अभियन्ताहरुले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । विभिन्न १६ टोलीको सहभागिता रहेको लिगको उत्कृष्ट ११ ले अन्य समुदायका क्लबहरुसँग विभिन्न अवसरमा प्रतिस्पर्धा गर्ने क्याम युथ एशोसिएशन अस्ट्रेलियाका संस्थापक एवम् अध्यक्ष मुस्कान पाण्डेले जानकारी दिए ।

 

(Visited 111 times, 1 visits today)

One comment

  1. CAM YOUTH ASSOCIATION ले निकै नै राम्रो काम गर्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services