सिड्नी । अस्ट्रेलियामा करारका कामदारले पनि अब स्थायी सरह सुविधा पाउने भएको छ । सरकारले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको र कामदारको चर्को मागलाई पूर्ति गर्न करार (Casual) का कामदारलाई स्थायी सरह सुविधा दिन लागिएको हो ।
संघीय सरकारले प्रस्ताब गरेको नयाँ नियममा करार र स्थायीलाई एउटै सुविधा र कामको अवसर दिने उल्लेख गरिएको छ । यसलाई यहाँका रोजगारदाताहरुले सकरात्मक भनेका छन् । सरकारले प्रस्ताब गरेको उक्त प्रस्ताब पारित भए, तत्काल ८ लाख ५० हजार करारका कामदारलाई राहत पुग्ने दाबी गरिएको छ । संघीय सरकारका रोजगारमन्त्री टोनी बुर्केले श्रम बजारमा आवश्यक दक्ष जनशक्तिको मागलाई पूर्ति गर्न सरकारले करार कामदारलाई पनि स्थायी सरह कानुनी अधिकार दिन लागिएको जानकारी दिएका छन् ।
अहिले करारका कामदार बिरामी र बार्षिक बिदा जस्ता सुविधाबाट बञ्जित रहँदै आएका छन् भने उनीहरुका लागि ‘रोस्टर’ पनि निश्चित गरिएको हुदैन । सरकारी अध्ययनका अनुसार, अस्ट्रेलियाभर २५ लाख भन्दा बढी करारका कामदार रहेको देखाएको छ ।
(Visited 23 times, 1 visits today)