१८ हजार अस्ट्रेलियनले नेपाल भ्रमण गरे
प्रकाशित मितिः1 year ago

सिड्नी । पछिल्लो समय अस्ट्रेलियाबाट नेपाल भ्रमणमा जाने पर्यटकको सँख्यामा बृद्धि हुदै गएको छ । सर्वोच्च शिखर सगरमाथा लगायत प्राकृतिक सुन्दरतामा रमाउन अस्ट्रेलियाबाट घुमघामका लागि नेपाल जाने क्रम बढ्दै गएको हो । क्यानवेरास्थित नेपाली दुतावासले दिएका जानकारी अनुसार, सन् २०२३ को पहिलो सात महिनामा १८ हजार भन्दा बढी पर्यटक नेपाल पुगेका छन् । यसले कोभिड महामारीपछि थला परेको नेपालको पर्यटन उद्योगलाई लयमा फर्काउन धेरै मदत पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

अस्ट्रेलियामा नेपालीको सख्या बढेसगै, नेपालको पर्यटकीय स्थलहरुका बारेमा समेत थप प्रचारप्रसार भएकाले अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकहरुले घुम्ने लिस्टमा नेपाललाई पनि समावेश गर्ने गरेका व्यवसायीहरुको भनाइ छ । अस्ट्रेलियाका नागरिकहरु घुमफिर र नयाँ ठाउँको पहिचान गर्न विश्वमै अग्रस्थानमा रहेको छ । होलिडे, वर्थडे, वैबाहिक बर्षगाँठ तथा अध्ययन बिदा पारेर उनीहरु नयाँ–नयाँ ठाउँमा घुम्न मन पराउछन् । लामो समयदेखि अस्ट्रेलियामा वशोवाश गर्दै आएका नेपाली मुलका अस्ट्रेलियनहरु पनि आफ्ना आफन्तजनको भेटघाटका लागि नेपाल जाने भएकाले बर्षेनी सँख्या बढ्दै गएको दुतावासले जनाएको छ ।

नेपाल सरकार र अस्ट्रेलिया बीच सिधा हवाई उडानको सम्झौता भएसँगै सिड्नी–काठमाडौ सिधा उडानको तयारी अन्तिम चरणमा पुगेको छ । यो सेवा सुचारु भएमा नेपाल जाने र अस्ट्रेलिया आउने पर्यटक र विद्यार्थीका लागि सहज हुने अपेक्षा गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदुत कौलाशराज पोखरेलले छिट्टै सिधा हवाई उडान सेवा सुचारु हुने जानकारी दिएका छन् ।

 

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services