अस्ट्रेलियामा विद्यार्थीलाई ‘कोठा’ पाउनै मुश्किल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीको सँख्या अत्यधिक रुपमा बढेसँगै, अस्टे«लियामा विद्यार्थीले वशोवाशका लागि भाडामा कोठा पाउन मुश्किल हुदै गएको छ । अस्ट्रेलियाको मुख्य शहर सिड्नी, मेलर्वन, क्यानवेरा, एडिलेड, होवार्ट, ब्रिसबेन लगायतका शहरमा विद्यार्थीले कोठा पाउनै सकस भइरहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिड्नीका विभिन्न सबवहरुमा कोठा लिनका लागि विद्यार्थीको लामो लाइन देखिएको भिडियो सामाग्री प्रस्तुत गर्दै सञ्चारमाध्यमहरुले यसबारे संघीय सरकारले तत्काल कदम उठाउनुपर्ने बताएका छन् । विद्यार्थीहरुको सँख्या बढेसँगै कोठाको भाडा कम्तिमा ६० देखि शतप्रतिशतसम्म बढेको छ । सामान्यतया रेजिडेन्सलमा टु वेडरुम कोठालाई प्रतिहप्ता ४ सय डलरको हाराहारीमा पर्ने भएपनि अहिले कम्तिमा ६ सय भन्दा बढा पुगेको छ भने अर्पाटमेन्टलहरुमा ८ सय डलर भन्दा माथि पुगेको सेभेन न्यूजले जनाएको छ ।

यसलाई यहाँका सञ्चारमाध्यमहरुले ‘हाउजिङ हेडएक र क्राइसिस’का रुपमा उल्लेख गरेका छन् । ‘कोठा’को अत्यधिक माग भएसँगै, रेन्टल एजेन्सीहरुले अस्वभाविक मूल्यबृद्धि गरेको र त्यसबाट अन्तराष्ट्रिय विद्यार्थीहरु चर्को मारमा परेका छन् ।

कोभिड महामारीपछि हालै गठन भएको नयाँ संघीय सरकारले ५ लाख २० हजार भन्दा बढी नयाँ विद्यार्थी भिषा जारी गरेको छ, जुन अघिल्लो सरकार हुँदाको वखत भन्दा २० प्रतिशत बढेको हो । कोठा पाउनका लागि एजेन्सीहरुलाई बलियो आर्थिक स्रोत र ‘पे स्लीप’ देखाउनुपर्ने हुन्छ । अहिले एजेन्सीहरुले कम्तिमा दुईमहिनासम्म निरन्तर तलब आएको ‘पे स्लीप’ माग्दा झन समस्या परेको विद्यार्थीहरुको गुनासो छ । हाउजिङ क्राइसिस बढेपछि, विपक्षी लिबरल पार्टीले सरकारको चर्को आलोचना गरेको छ ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services