अस्ट्रेलिया आउन ३३ हजारले लिए एनओसी
प्रकाशित मितिः1 year ago

सिड्नी । उच्च शिक्षा अध्ययनलाई अस्ट्रेलिया आउनका लागि यसबर्ष ३३ हजार भन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले हरेक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेको देखाएको छ ।

एनओसी शाखाको तथ्यांक अनुसार २९ पुस २०७७ देखि १६ पुस २०७८ सम्म ९२०२१ जनवरीदेखि डिसेम्बरसम्म० ४४ हजार ८१२ जनाले एनओसी लिएका थिए । त्यो वर्ष सबभन्दा बढी ११ हजार ७११ जनाले जापान जान एनओसी लिएका थिए ।अष्ट्रेलियाका लागि ८ हजार ६८० जना, अमेरिकाका लागि ४ हजार २८७ जना, क्यानडाका लागि ४ हजार १८४ जना र संयुक्त अधिराज्य (यूके) का लागि ४ हजार ५१५ जनाले एनओसी लिएका थिए ।

अर्को वर्ष यो संख्या झण्डै ४४ ले प्रतिशत बढ्यो । १७ पुस २०७८ देखि १६ पुस २०७९ सम्ममा १ लाख २ हजार ५०० जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । यो वर्ष अष्ट्रेलियाका लागि मात्रै ६६ हजार ८०२ जनाले एनओसी लिएका थिए ।

१११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।अमेरिकाका लागि ५ हजार १२० जना, क्यानडाका लागि ११ हजार ३२ जना, जापानका लागि १६ हजार १५७ जना र यूकेका लागि ७ हजार ६२७ जनाले एनओसी लिएका थिए ।

२०७७ साल भदौदेखि अनलाइन आवेदन लिन थालेको शाखाले सुरुको दुई वर्ष अंग्रेजी महिना अनुसार तथ्यांक तयार पारेको थियो । तर पछिल्लो समय आर्थिक वर्ष अनुसार विवरण राख्न थालिएको छ, । जसअनुसार आर्थिक वर्ष २०७९र८० मा १ लाख १० हजार २१७ जनाले एनओसी लिएको शाखा प्रमुख वासुदेव वस्ती बताउँछन् ।

१११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।

पूर्व शिक्षामन्त्री शिशिर खनाल युवालाई नेपालमा रोजगारीको अवसर दिन नसक्दा विदेशिनेको संख्या बढेको स्वीकार गर्छन् । ‘एकातिर उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ भने पढिसकेपछि पनि रोजगारीको अवसर देखिदैन’ खनालले भने, ‘नेपालमा पढेर भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने वातावरण तयार नहुँदा विद्यार्थीमा निराशा छाएको देखिन्छ ।’

ठीक विपरीत विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भन्दै उनले भने ‘अहिलेदेखि बाहिर गयो भने भविष्य सुरक्षित हुन्छ भन्ने भावनाले प्रेरित भएको देख्छु ।’ शिक्षाविद् प्रा डा.विद्यानाथ कोइराला पनि आशा जगाउनेभन्दा बढी निराशा छर्नेहरू धेरै भएकाले पनि युवा पुस्ताले यहाँ भविष्य नदेखेको बताउँछन् । विद्यार्थीलाई सम्भावना देखाइदिने, सम्भव बनाउने उपाय बताइदिने नहुँदा विदेशिएको उनको तर्क छ ।

 

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services