एनआरएनए निर्वाचन: अनलाइनबाटै मतदान, दुईघण्टामा परिणाम
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । जुलाई २९ मा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनको मतपरिणाम दुईघण्टामै सार्वजनिक हुने भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अनलाइनबाटै मतदानको व्यवस्था मिलाईएको छ ।

सोही अनुसार, साँझ ८ बजेभित्र अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । समितिले मेलबर्नमा एक पत्रकार अन्तरसंवादको आयोजना गर्दै मतदान प्रणाली र निर्वाचन प्रक्रियाकारबारेमा जानकारी गराएको थियो ।निर्वाचन समितिका प्रमुख टोनु घोतानेले व्यवस्थित रुपमा अनलाइनबाट मतदानको अवसर सिर्जना गरिएको बताए ।

उनले कुनै मतदाताले अनलाईबाट मतदान गर्न नसकेको अवस्थामा अष्ट्रेलियाका आठ राज्यमा निर्वाचन स्थल पनि तोकेको जानकारी दिए । जहाँ राज्य स्तरको निर्वाचन कमिटीका सदस्य र उम्मेदवारका प्रतिनिधिले मतदाताको भेरीफाई गरेर मात्र मतदानको सुविधा पाउनेछ। उनले नतिजा प्रकाशनमा विगतको जस्तो ढिलासुस्ती नहुने गरी सम्पूर्ण निर्वाचन समितिले काम गरिरहेको बताए। मतदाता प्रमाणीकरणका लागि ७ जनाको समिति समेत गठन गरिएको निर्वाचन समितिले जनाएको छ ।

 

(Visited 17 times, 1 visits today)

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services