अस्ट्रेलिया आएको तीनमहिनामै आत्महत्या
प्रकाशित मितिः2 years ago

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । पढाई, काम अनि घर परिवारबाट टाढा रहँदा चरम मानसिक तनाबमा पुगेपछि म्याग्दीको बेनीनगरपालिका–५ पुलाचौरका नारायण सुवेदीले आफु बस्ने अर्पाटमेन्टको १२ आँै तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । २४ बर्षीय सुवेदी सिड्नीको स्टाटफिल्डस्थित एक अर्पामेन्ट आफन्तजनसँगै बस्दै आएका थिए । एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी आईपुगेका सुवेदीले यहाँको परिवेश, पढाईको दबाब र नेपालबाट आउँदा लागेको केहि खर्चका कारण समस्या हुने गरेको बताउने गरेका थिए ।

सुवेदीको शबलाई प्रहरी समक्ष आवश्यक प्रक्रिया पुर्‍याएर नेपाल फिर्ता गर्ने तयारी भएको छ । सुवेदीको निधनसँगै परिवारजन गहिरो समस्यामा परेका छन् । परिवारजनले शबको नेपाल फिर्तीका लागि आवश्यक सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । यसैबीच, म्याग्देली प्रवासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ, (मोना) अस्ट्रेलियाले सुवेदीको शब नेपाल फिर्ताका लागि आर्थिक संकलन अभियानका लागि मोना अस्ट्रेलिया सचिब दिनेश खत्रीको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ । समितिका सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन् ।

 

(Visited 860 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services