नवौं राष्ट्रिय महिला भलिवल : नेपाल पुलिसलाई हराउदै एपिएफ बिजयी
प्रकाशित मितिः3 years ago

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो ।

पहिलो र दोस्रो सेटमा २५–१९ र ३०–२८ को जीत निकालेर खेलमा पुलिसलाई दबाबमा राखेको एपिएफले तेस्रो सेटमा २६ का सामु २४ नम्बर ल्याएर पराजीत हुन पुगेको थियो । चौथो सेटमा प्रहरीमाथि २५–१९ को जित निकाल्दै एपिएफले राष्ट्रिय महिला भलिबलमा बिजयी हाँसिल गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एपिएफकी खेलाडी निरुता ठगुन्ना प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

प्रतियोगिता अन्तरगत आज नै तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै बागमती प्रदेशले जित हात पारेको थियो । प्रतियोगितामा बिजयी हुँदै स्वर्णपदक बिजेता एपिएफका खेलाडीहरुलाई जनही नगद रु १५ हजारको साथमा पदक र प्रमाणपत्रद्धारा पुरस्कत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले बिजेता, उपबिजेता र तेस्रो स्थानमा रहँदै स्वर्ण, कास्य र रजत पदक बिजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गत असोज २७ गतेदेखि बेनीमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएका थिए ।

(Visited 70 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services