महिला भलिबल : बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश
प्रकाशित मितिः4 years ago

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो ।

पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो । निकै प्रतिस्पर्धा देखिएको खेलमा बागमतीका खेलाडीहरुले आफ्नो पक्षमा जित निकाल्न कोशिस गरेका थिए । आज तिन बजे दोस्रो सेमिफाइनल पुलिस क्लब र गण्डकी प्रदेशकाबीच हुने छ ।

(Visited 30 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services