राष्ट्रिय महिला भलिवल ः बागमती प्रदेश र एपिएफ सेमिफाइनलमा प्रवेश
प्रकाशित मितिः2 years ago

म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी हाँसिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो ।
पहिलो क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि जित निकालेको थियो ।
प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भएकी छन् ।
कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।
आजनै सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच प्रतिस्पर्धा हुँदै छ ।

 

(Visited 55 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services