तिहारलाई विद्युतीय बत्ति आयातमा समस्या
प्रकाशित मितिः2 years ago

काठमाडौं । विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् ।नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । आयात गर्न सक्ने व्यवसायीले गरेको सामानको माग पनि कोभिड(१९ का कारण चीनले लकडाउन गर्दा समयमै डेलिभरी नभएको उनको भनाइ छ ।

‘गत वर्षभन्दा यो वर्ष यी वस्तुको आयात निकै घटेको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगद मार्जिनका कारण व्यवसायी पनि आयात गर्न नसक्ने अवस्थामा छन् । आयात गर्नेको सामान पनि समयमै आउन सकेन ।’चीनका केही भू(भागमा अझै पनि लकडाउन रहेका कारण एलसी खुलेका सामान पनि व्यवसायीले समयमा पाउन नसकेको उनले बताए । दशैंअघिलाई आइसक्नु पर्ने कतिपय विद्युतीय सामान अझै आइनसकेको महासंघले जनाएको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services