फुटबलमा एनआरएनएको विजयी सुरुवात
प्रकाशित मितिः3 years ago

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ ।  पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गरे ।खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २-० को जित दिलाए ।

(Visited 104 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services