फुटबलमा एनआरएनएको विजयी सुरुवात
प्रकाशित मितिः2 years ago

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ ।  पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गरे ।खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २-० को जित दिलाए ।

(Visited 83 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services