नन्दु र रमणको ‘नेपालै जाउँ जाउँ लाग्छ’ सार्वजनिक
✍ राजन घिमिरे
प्रकाशित मितिः3 years ago

सिड्नी । यतिबेला नेपालीहरूको घर आंगनामा चाडबाड आएको छ । के नेपाल के प्रबास सबै नेपालीहरू चाडबाड मनाऊँन एक हुने र सर्बत्र खुशी साट्ने बाताबरणले सबैमा उर्जा थपेको छ । त्यसमाथि प्रबासमा रहनु हुने नेपालीहरू त चाड मनाउंन नेपाल जाने क्रम यस पटक ह्ववात्तै बढेको छ । करिब तिन बर्ष कोरोना माहामारीका कारण खुलेर नेपाल जान नपाएका प्रबासी नेपालीहरूको नेपाल भ्रमण यस पटकको चाडमा बिगतका भन्दा बढी नै हुने देखिन्छ । त्यसो त, आफू जन्मेको माटो र देश कत्तिको मिस भएको छ भन्ने कुरा त भुक्तभोगीलाई नै थाहा हुन्छ ।

प्रबासको बसाई, काम , दौडधूप अनि ब्यस्त जिबनका कारण चाहेर पनि आफ्नो जन्मभूमि जान नपाउंदा अनि मन, सोच र भाबनामा नेपाल र नेपालीको तस्बिर राखेर भएपनि आफ्न् जन्मभूमिको याद र सम्झनामा तड्पिरहेका थुप्रै प्रबासी नेपालीहरू मध्ये एक हुन नन्द गुरूंग । यहीबीचमा गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष समेत रहेका गुरूंगले नेपालप्रतिको माया , सम्झना र अगाध स्नेहलाई समेटेर एउटा सिर्जना तयार पारेका छन ‘ नेपालै जाउं जाउ लाग्छ‘’ ।

चाडको अबसर पारेर यतिबेला नेपाल जाने नेपालीहरूको संख्या बढिरहेको अबस्थामा हाइलाईट्स यूटुब मार्फत बजारमा आएको यो गितको भिडियोको बुधबार अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्य दूत दिपक खड्काले स्विच अन गरेर सार्वजनिक गरे । उनले भिडियो हेरेपछी भने –‘ सांच्चै मन छोयो । गितको भाब र मर्म बुझ्ने हो भने निकै मार्मिक छ । सिड्नीदेखी नेपालसम्मका दृश्यहरू समेटेर तयार पारिएको भिडियो उत्कृष्ट बनेको छ –‘ । कार्यक्रममा यस गीतका सिड्नी निबासी गायक रमण रेग्मीको आबाजको खुलेर प्रशंसा गरिएको थियो –‘ गीतको मर्म र भाबलाई झनै ज्यान भरेको छ रमण रेग्मीको आबाजले । म सन्तुष्ट छु –‘ गीतकार नन्द गुरूंगले भने ।

गीत– संगीत पारखीहरू माझ सार्वजनिक गरिएको यो भिडियो उत्कृष्ट बनेकोमा गायक रमण रेग्मीले पनि प्रसन्नता ब्यक्त गरे –‘ नन्दु दाईको सृजनामा आबाज दिन पाएकोमा मलाई गौरब लागेको छ । यो अबसरका लागि उहांलाई धन्यबाद –‘ रेग्मीले भने । भिडियो हेरेपछी सिड्नीमा रहेका गायक एवं सर्जक नरेश रेग्मीले प्रबासमा रहेर पनि नेपाली गीत – संगीतको बिधामा लागि पर्नु हुने सर्जकहरूको तारिफ गर्नु पर्ने कुरा तर्फ जोड दिएका थिए –‘ यो गीतसंग जोडिनु हुने सबै सर्जकहरूको मिहेनतको परिणाम राम्रो निक्लिएको छ –‘ ।

आफ्नो पहिला प्रयासलाई सबैले मन पराई दिनु भएकोमा गितकार नन्द गुरूंगले सबैमा धन्यबाद दिए –‘ गीत र भिडियोसंग आबद्द सबैबाट पाएको साथ र सहयोगले नै मेरो सृजना यसरी बजारमा आउंन पाएको हो । सबैमा सादुबाद छ –‘ । गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ भने भिडियोमा आमेश ढकाल, लक्ष्मी गिरी, आकृति गौतम,सबला बस्नेत,जेनिसा गौतम र लेख गुरूंग लगायतको अभिनय रहेको छ ।

 

(Visited 144 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services