शनिबारदेखि तास्मनियामा दसैं कप सुपर सिक्स
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा अस्ट्रेलियाको तास्मनियामा हुने दसै कप सुपर सिक्स क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । तास्मनिया नेप्लिज क्रिकेट एशोसिएशनको आयोजनामा अक्टोबर १ र २ तारिखमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । एशोसिएशनका अध्यक्ष बाबु न्यौपानेले प्रवासमा रहेपनि खेल प्रतिभाको पहिचानका लागि दसैको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

‘तास्मनियामा नेपाली समुदायमा क्रिकेटप्रतिको आकर्षण निकै राम्रो छ’, उनले भने, ‘बर्षेनी खेलाडी र क्लबहरु पनि बढिरहेका छन् । सोही कारण हामीले प्रतियोगिता आयोजना गर्न हौसला मिलेको हो ।’ प्रतियोगिता ५/५ ओभरको हुनेछ । प्रतियोगितामा विभिन्न ६ वटा क्लबले सहभागिता जनाउने निश्चित भइसकेको छ । प्रतियोगिताका लागि खेलमैदान व्यवस्थापन देखि अधिकाँश तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले ट्रफीका साथमा एक हजार अस्ट्रेलियन डलर र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले पाँचसय अस्ट्रेलियन डलर र प्रमाणपत्र हात पार्ने छन् । (नेपाली क्रिकेटरहरु किन विदेश पलायन भइरहेका छन् ? भिडियो न्यूजका लागि लिंकमा जानुहोला)

उपविजेताको पुरस्कार भने तास्मिनियन नेप्लिज स्पोर्ट्स एसोशियसनले प्रायोजन गरेको बताईएको छ । प्रतियोगितालाई आरके होम लोन लगायत थुप्रै व्यवसायिक संघसंस्थाले सहयोग गरेका छन् । अध्यक्ष न्यौपानेले प्रतियोगिता आयोजनाका लागि प्रायोजन गर्ने सबैलाई धन्यबाद समेत व्यक्त गरेका छन् ।

(Visited 97 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services