फिनिसर शरद अब प्रशिक्षकको भूमिकामा
प्रकाशित मितिः2 years ago

सिड्नी । पछिल्लो एक दशक भन्दा बढी नेपाली क्रिकेटका महत्वपूर्ण सदस्य, शरद भेषाकर नेपाल क्रिकेटमा व्याटिङसँगै फिनिसरका रुपमा चिनिन्छ । सन् २०१४ मा नेपाललाई टि ट्वान्टी विश्वकप सम्म पुर्‍याउन, शरदले छनौट चरणका महत्वपूर्ण खेलहरुमा टिमलाई चाहिएको बेला उत्कृष्ट फिनिङ गदे, मिस्टर फिनिसरको पहिचान बनाएका थिए । डिभिजन ४ देखि एकदिवसीय मान्यता प्राप्त गर्ने सम्म होस्, या बंगलादेशमा भएको सन् २०१४को टि ट्वान्टी विश्वकप, नेपाली टिमको सबै प्रकारका ऐतिहासिक सफलतामा शरद, महत्वपूर्ण हिस्सेदार हुन् ।

पछिल्लो समय बढ्दो उमेरका कारण राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गरिरहेका शरदले एक दशक भन्दा बढी समय नेपालको मध्यक्रमसँगै फिनिङको भूमिका निर्वाह गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हासिल गरेको अनुभवहरु, नयाँ पुस्तालाई प्रदान गर्न शरद प्रशिक्षणमा रमाउन थालेका छन् । काठमाडौंको रातोपुलमा नेपाल क्रिकेट स्कुल सञ्चालनमा आएसँगै शरदले, प्रशिक्षकको भूमिका निर्वाह गर्न थालेका छन् । उक्त स्कुलको हालै मात्र, प्रदेशसभा सदस्य नरोत्तम बैद्य र नेपाल क्रिकेट संघका कार्यवहाक सचिव प्रशान्तबिक्रम मल्लले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्कुलमा शरद मुख्य प्रशिक्षक हुने छन्, उनलाई प्रशिक्षकका रुपमा पुर्नेन्द्र घोष सघाउनले छन् । सुनिल थापा, सौगात दंगाल, सुन्दर रेग्मी, बोबिन शर्मा र करन पाल मिलेर सो क्रिकेट स्कुल सञ्चालनमा ल्याएको बताईएको छ । एकेडेमीमा आधारभुतदेखि अन्तर्राष्ट्रिय तहसम्मको क्रिकेट तालिम तथा सुविधा उपलब्ध हुने क्रिकेट स्कुलका निर्देशक सौगात दंगालले जानकारी दिए । उनले शरद जस्तो देशलाई योगदान दिईसकेको खेलाडीलाई प्रशिक्षक रुपमा देख्न पाउँदा खुशी लागेको बताएका छन् ।

‘ग्रासरुटलेभलदेखि स्कुल लेभलको क्रिकेटलाई प्रबद्र्धन गर्न हामीले यो स्कुलसञ्चालनमा ल्याएका हौं,’ दंगालले भन्छन्,‘हाम्रो स्कुलबाट राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने लक्ष्य छ ।’ शरदले, राष्ट्रिय टिममा रहँदा पछिल्लो समय व्याटिङसँगै अफ स्पिन बलिङ पनि गर्दै आएका थिए । प्रशिक्षकका रुपमा काम गर्न पाउँदा आफुलाई पनि खुशी लागेको शदरको भनाइ छ ।

 

 

(Visited 73 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services