म्याग्दी जलजला परिवार अस्ट्रेलियामा भण्डारी
प्रकाशित मितिः2 years ago

सिड्नी । म्याग्दी जलजला परिवार, अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् । आइतबार सिड्नीमा सम्पन्न पाचौँ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपााध्यक्षमा दलबहादुर खत्री, सचिबमा रिम भण्डारी, कोषाध्यक्षमा मिलन भण्डारी, सहसचिबमा सफल भण्डारी र सहकोषाध्यक्षमा प्रकाश केसी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा होम भण्डारी, हिरा छन्त्याल, चन्द्रप्रकाश थापा, सुरेश मल्ल, याजिभ खत्री, ओमप्रसाद भण्डारी र इम प्रसाद रोका रहेका छन् ।

यसअघि, निर्वतमान अध्यक्ष दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष राजकुमार भण्डारीले जलजला परिवारले स्थापनाकालदेखि जिल्ला र क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्दै आएको बताए । सहसचिब रिम भण्डारीले स्वागत गरेको ककार्यक्रमा हिरा छन्त्याल, होम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने सचिब माधब सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ । सन् २०१२ मा स्थापना भएको म्याग्दी जलजला परिवारले जिल्लाको दैवी प्रकोपमा राहत वितरणसँगै शिक्षा, स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आएको छ ।

 

(Visited 970 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services