पुनरागमनको तयारीमा सागर
प्रकाशित मितिः2 years ago

सिड्नी । एभरेष्ट प्रिमियर लिग–२०७५ का क्रममा घुँडामा चोट लागेपछि ‘गुमनाम’ बनेका, सागरले एनआरएनए टिमलाई नवौ खेलकुदको क्रिकेट प्रतियोगितामा सेमीफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिए । उनले नेपाल पुलिस क्लब विरुद्ध ३७ रनको आकर्षक इनिङ समैत खेलका थिए । नवौँ खेलकुदमा सागरको प्रर्दशनले टिमको आत्मविश्वास मात्र बढाएको छैन, सागरलाई फेरि राष्ट्रिय टिममा फर्किने आश जगाएको छ ।

उत्कृष्ट अलराउण्डरको भूमिकामा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटको ग्राफ उकालो चढिरहेका बेला एउटै चोटले उनको करिअर विथोलेको थियो ।घुँडामा लागेको चोट त एक वर्षमै निको भयो । तर चोट लागेको बेला व्यहोरेको झमेला र ‘अपमान’को चोट गहिरो छ । राष्ट्रिय टिममा पुनरागमन गर्ने प्रयास असफल भएपछि सागर अमेरिकातिर लागे ।नेपाली खेलकुदमा चोटकै कारण पलायन हुनुपर्ने खेलाडी सागर पहिलो भने होइनन् । आफ्नो भोगाइबाट उनले सिकेको कुरा के हो भने राष्ट्रिय टिमका खेलाडी घाइते भएमा उसलाई पुन: टिममा फर्कने माध्यम हुनुपर्छ । खेलाडीको अनुभवलाई प्रयोग गर्न पनि यो प्रणालीको विकास हुनु जरुरी छ ।

अमेरिका पुगेपछि पनि उनले क्रिकेटसँग नाता तोडेनन् । तर नेपाल फर्किने अवसर भने जुरेको थिएन । नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमले पनि भाग लिने भएपछि उनले यो अवसर छुटाउन चाहेनन् । ‘कसरी खेलमा फर्किने भन्ने मौकाको खोजीमा थिएँ । नवौं राष्ट्रिय खेलकुदबाट मौका जुर्‍यो’, उनले भनेका छन् ।सागर, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि ट्वान्टी लिगमा छनौट भइसकेका छन् । नवौ खेलकुदमा गरिएको प्रर्दशनलाई नेपाल टि ट्वान्टी लिगमा दोहोर्‍याउँदै राष्ट्रिय टिममा फर्किने उनको योजना रहेको छ । सागर व्याटिङसँगै, स्पिन बलिङका लागि चिनिन्छन् भने फिल्डिङमा नेपालका थोरै उत्कृष्ट फिल्डर भित्र पर्दछन् । सन् २०१३ मा डेनमार्क विरुद्ध डेव्यु गरेका सागरले करिब आधा दशक नेपाली टिममा प्रतिनिधित्व गरेका थिए ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services