अष्ट्रेलियामा धुम मच्चाउदै प्रेम गीत –३
✍ राजन घिमिरे
प्रकाशित मितिः2 years ago

सिड्नी । शुक्रबारदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र प्रेम गीत ३ ले अस्ट्रेलियामा अपार सफलता हासिल गरेको छ । अस्ट्रेलियाभर दुई दर्जन भन्दा बढी चलचित्र हलमा एकसाथ प्रर्दशनमा आएको चलचित्रले दर्शक र समर्थकबाट गजबको साथ पाएको हो । चलचित्रको माग अत्याधिक भएपछि यसको शो पनि थपिएको बताईएको छ । यस अघि अष्ट्रेलियाका हलहरू भाडामा लिएर नेपाली सिनेमाहरु प्रदर्शन हुंदै आएको थियो तर, चलचित्र प्रेम गीत –३ भने यहांका सिनेमाहलहरूमा अन्य भारतीय र अग्रेजी चलचित्र सरह नियमित ‘सो’ मा प्रर्दशन भएको छ ।

सिड्नी निबासी देब कार्कीले अस्ट्रेलिया भित्र्याएका प्रेम गीत –३ शुक्रबार अस्ट्रेलियाका दुइ दर्जन भन्दा बढी चलचित्र हलमा एकसाथ प्रर्दशन गरिएको थियो ।अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगितिक कार्यक्रमहरूको आयोजना गर्दै आएका देबका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत –३ ले पुरा अष्ट्रेलियाभर अपार मायाँ प्राप्त गरेको छ । दर्शकबाट अत्याधिक माग भएकोले चलचित्रको सो पनि थपिएको उनले जानकारी दिएका छन् । ‘ नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रबासमा रहने हामीहरूले नै उठाउंने हो ।

बिदेशका लोभलाग्दा हलहरूमा बिदेशी कलाकारहरूको फोटो र पोष्टर हरेर कति दंग पर्ने ? अब हाम्रै कलाकारहरूको पोष्टर र फोटोले बिदेशी हलहरू रंगीने दिन आएको छ –‘ उनले भनेका छन् । निर्माण पक्षका अनुसार, अष्ट्रेलियाको इभेन्ट सिनेमा, लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शन भइरहेको छ । नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेम गीत –३ ले थप उत्साह थपेको छ ।

(Visited 99 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services