युवा क्रिकेटरहरु विदेशी लिगमा
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः4 years ago

सिड्नी । कुनै समय थियो, जतिबेला, क्रिकेटर सन्दीप लामिछाने मात्र विदेशी लिगहरु खेलीरहेका हुन्थे । उनले विश्वका चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो खेल कौशल देखाए । त्यसपछि, पारस खड्का, करण केसी, सोमपाल लामिछाने जस्ता क्रिकेटरहरुले पनि विभिन्न देशमा आयोजना भएको लिगहरु खेल्न भ्याए । पछिल्ला पटक नेपाली युवा क्रिकेटरहरु पनि धमाधम विदेशी लिगहरुमा अनुबन्धन हुन थालेका छन्, यसले नेपाली क्रिकेटको भविश्यलाई थप उज्यालो र सशक्त बनाउँदै लगेको छ ।,

यसबर्ष नेपाली युवा क्रिकेटरहरु विभिन्न देशमा हुने लिगहरुमा आबद्ध भएसँगै नेपाली क्रिकेटमा थप उत्साहको सञ्चार भएको छ । नेपालको यू–१९ राष्ट्रिय टिमका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको गाइजर सिटी क्रिकेट क्लबबाट खेल्दै छन् भने, युवा अलराउण्डर कुशल मल्लले पाकिस्तानमा खेल्ने भएका छन् ।क्रिकेटर गौतमलाई न्युजिल्याण्डको क्लब स्तरीय क्रिकेट खेल्ने गाइजरले विदेशी खेलाडीको कोटाबाट आफ्नो टिममा आबद्ध गरेको जनाएको छ।। यस सिजनको क्रिकेटका लागि रितले गाइजरको सिनियर टिमबाट खेल्नेछन्।

क्लबले सन् २०२० मा ’न्युजिल्यान्ड क्रिकेट क्लब अफ दि इयर’ जितेको थियो।२०७६ मा रितले नेपालको उमेर समूहमा दुई शतक बनाउने कीर्तिमान बनाएका थिए।रितले २०७४ मा यू–१६ मा म्यानमारविरूद्ध र २०७६ मा यू–१९ मा सिंगपुरविरूद्ध शतक प्रहार गरेका थिए । समूहपछि उनले सिनियर राष्ट्रिय टिममा स्थान बनाउन भने संघर्ष गर्दै आएका छन्।

सबैभन्दा कम उमेरमा अर्धशतक हान्ने खेलाडी बनेका युवा अलराउण्डर कुशल पाकिस्तान जुनियर लिग क्रिकेटमा अनुबन्ध भएका छन् । उनलाई ग्बादर शार्कले अनुबन्ध गरेको जनाएको छ । १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तानको जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन् । यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् । ती २४ मध्येमा कुशल पनि एक हुन् । प्रतियोगिता आगामी अक्टोबर ६ देखि २१ तारिख सम्म आयोजना हुदैछ । कुशलले यसअघि युएईमा भएको टी–१० लिगमा सहभागिता जनाएका थिए ।१८ वर्षका उनी एक दिवसीय क्रिकेट र टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।२०७६ माघमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनले १५ वर्ष ३४० दिनको उमेरमा अमेरिकाविरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए ।

(Visited 34 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services