दया र सौगातको दुई नम्बरी सिड्नीमा प्रदर्शन हुने
✍ राजन घिमिरे
प्रकाशित मितिः2 years ago

सिड्नी । चलचित्र दुई नम्बरीले सिड्नीको यात्रा तय गरेको छ । दिपेन्द्र लामाको निर्देशन रहेको यो चलचित्रलाई सिड्नीको प्रर्दशनको जिम्मा पाएका फन्टाष्टिक ऐभेन्टका गगन शर्माका अनुसार चलचित्र दुई नम्बरी अक्टोबर ७ तारेखका दिनदेखी सिड्नीमा प्रदर्शन हुने भएको छ –‘ यो चलचित्रको माग सिड्नीमा राम्रै भएका कारण म यो चलचित्रसंग जोडिएको हुं । नेपालीहरूको महान चाड दशैको अबसर पारेर प्रदर्शनमा आउंन लागेको यो चलचित्र हामी पुरा सिड्नी र नेपाल एकसाथ रिलिज गर्दै छौं –‘ शर्माले भने ।

सिड्नीमा यस अघि प्रदर्शनमा आएको चलचित्र कबड्डी –४ ले कमाएको सफलता र लोकप्रियतासंगै दयाहांग राई र सौगात मल्लले एकसाथ काम गरेको यो अर्को चलचित्र हो ।पछिल्लो समय दयाहांग राई र सौगात मल्लको जोडी भएको चलचित्रले सफलता हात पारिरहेको समयमा आउंन लागेको चलचित्र दुई नम्बरीमा दया र सौगातसंगै उपासना सिंह ठकुरी लगाएतका कलाकारहरूको अभिनय रहेको छ ।

(Visited 113 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services