अष्ट्रेलियाका दुई दर्जन भन्दा बढी हलहरूमा प्रेम गीत–३
✍ राजन घिमिरे
प्रकाशित मितिः2 years ago

सिड्नी । एउटा नेपाली सिनेमाले अष्ट्रेलियामा प्रदशर्नको मामिलामा इतिहास लेख्ने भएको छ ।यस अघि अष्ट्रेलियाका हलहरू भाडामा लिएर नेपाली सिनेमाहरु प्रदर्शन हुंदै आएको थियो तर, चलचित्र प्रेम गीत–३ भने यहांका सिनेमाहलहरूमा अन्य भारतीय र अग्रेजी चलचित्र सरह दैनिक हलहरूमा लाग्ने निश्चित भएको छ । यसका लागि लामो समयदेखी यो दिनका निमित्त लागि पर्दै आएका सिड्नी निबासी देब कार्कीले प्रेम गीत –३ मा आएर यो सफलता हात पारेका छन ।

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगितिक कार्यक्रमहरूको आयोजना गर्दै आएका देबका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत –३ ले पुरा अष्ट्रेलिया दुई दर्जन भन्दा बढी हलहरू पाएको छ । यो हप्ता हलहरूको संख्या बढ्ने देखिन्छ । उनले भने–‘नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रबासमा रहने हामीहरूले नै उठाउंने हो । बिदेशका लोभलाग्दा हलहरूमा बिदेशी कलाकारहरूको फोटो र पोष्टर हरेर कति दंग पर्ने ? अब हाम्रै कलाकारहरूको पोष्टर र फोटोले बिदेशी हलहरू रंगीने दिन आएको छ’ उनले भने, ‘यो कार्यलाई नियमित रूपमा अगाडि बढाउंन प्रबासमा रहनु हुने यो बिधामा आबद्द सबैमा एक जुटता हुनु पर्छ । हामी सफल हुन्छौं।’

सेप्टेबर २३ तारेखका दिन बिश्वभरी प्रदर्शनमा आउंन लागेको चलचित्र प्रेम गीत –३ त्यसै दिनदेखी अष्ट्रेलियाको इभेन्ट सिनेमा,लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शनमा आउंने छ । प्रेम गीत –३ को ट्रेलर भने अष्ट्रेलियाका हलहरूमा बज्न थालिसकेको छ । नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेम गीत –३ ले लेख्न लागेको यो इतिहासप्रति यतिबेला अष्ट्रेलियामा रहनु हु्ने प्रबासी नेपालीहरूको साथ र समर्थन अत्याधिक मिलेकोमा प्रदर्शक देब कार्की दंग छन् ।

लामो प्रयास र सोचले मूर्तरूप पाएको छ । भोली आर्थिक रूपमा के होला ? भन्न सकिन्न तर, अष्ट्रेलियामा शानका साथ हलिउड र बलिउडका चलचित्रहरूसंगै नेपाली चलचित्रको यो उपस्थिति हामी सबैको लागि गौरबको कुरा हो । अष्ट्रेलियामा रहनु हुने नेपालीहरू सिनेमा हेर्न हलहरुमा आउंनु हुने छ र आगामी दिनहरूमा पनि यसैगरी अन्य नेपाली चलचित्रहरूका लागि बाटो खोल्ने बाताबरण बन्ने बिश्वास मैले लिएको छु’ कार्कीले भने ।

(Visited 84 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services