कहाँ छन्, नेपाली क्रिकेटका संकटमोचक बसन्त ?
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली क्रिकेटमा क्राइसीस म्यानका रुपमा परिचित स्पिनर बसन्त रेग्मीलाई अचेल क्रिकेट समर्थकहरु धेरै मिस गरिरहेका छन् । खाशगरि, पछिल्लो समय नेपालको स्पिन आक्रमण फितलो बनिरहेको सन्र्दभमा धेरैले बसन्तलाई सम्झनु, कुनै आश्यर्चको विषय पनि होइन्, किनभने एक दशक भन्दा बढी नेपालको सर्वाधिक सफल स्पिनर बसन्तले जति जति बेला नेपाललाई विकेटको खडेरी हुन्थ्यो, त्यतिबेला आफ्नो स्पिन जादु मार्फत नेपाललाई खेलमा फकाउँथ्यो । कप्तान सन्दीप लामिछाने माथि लागेको आरोपसँगै उनलाई निलम्बन गरिसकेको छ, यस्तो अवस्थामा क्राइसीस म्यान बसन्त रेग्मीलाई एकपटक टिममा ल्याउनुपर्ने आवाज दरो रुपमा उठेको छ ।

अहिले अन्तराष्ट्रियस्तरमा नेपालको स्पिन आक्रमण जति धारिलो छ भनिन्छ, त्यस्तो उपमा पाउनका लागि बसन्त रेग्मी र शक्ति गौचनहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । शक्ति गौचनले औपचारिक रुपमा खेल जीवनबाट सन्यास लिइसकेका छन् तर बसन्त रेग्मीले न त सन्यास लिएका छन्, न त राष्ट्रिय टिमबाट खेलिरहेका छन् । । खाशगरि, पछिल्लो समय नेपालको स्पिन आक्रमण फितलो बनिरहेको सन्र्दभमा धेरैले बसन्तलाई सम्झिरहेका छन् । त्यसमाथि कप्तान सन्दीप लामिछानेमाथि किशोरी बलात्कारको आरोप लागेसँगै उनी निलम्बनमा परेपछि, सवैको नजर बसन्त माथि पर्नु कुनै आश्यर्चको विषय पनि होइन्, किनभने जति –जति बेला नेपाललाई विकेटको खडेरी हुन्थ्यो, त्यतिबेला आफ्नो स्पिन जादु मार्फत नेपाललाई खेलमा फकाउँथ्यो ।

हाल कहाँ छन् त बसन्त ?, खेल जीवनबाट सन्यासको समेत घोषणा गरिनसकेका बसन्तको राष्ट्रिय टिममा पुनरागमन संभव छ की छैन ? धेरै समर्थकले प्रश्न गरेका छन् ।जब नेपालको प्रशिक्षक भारतीय उमेश पटवाल बने, त्यसबेला देखि नै बसन्त राष्ट्रिय टिममा पर्न छोडेका थिए । पछि डेभ ह्वाटमोर आएपछि झन्, उनी एक पटक पनि टिम परेनन्, । धेरैले, बसन्त र प्रशिक्षक बीच मनमुटाब रहेका कारण उनले ठिकठाक प्रर्दशन गर्दागर्दै टिममा नपरेको, बताउने गरेका छन् । बायाँ हाते स्पिनर बसन्त नेपालको सर्वाधिक सफल बलर हुन् । नेपाललाई सन् २०१४को टि ट्वान्टी विश्वकप सम्म पुर्‍याउन होस्, या एकदिवसीय मान्यता दिलाउन, एउटा बलरको रुपम मात्र नभई व्याटिङमा समेत बसन्तको योगदान महत्वपूर्ण छ ।

नेपालमा उपलब्ध स्पिनरहरुले अन्तराष्ट्रियस्तरमा दमदार खेल पस्कने संघर्ष गरिरहेको सन्र्दभमा बसन्तलाई एक पटक राष्ट्रिय टिममा मौका दिनुपर्ने क्रिकेटसंग सम्बन्धित सरोकारवालाहरुले बताउने गरेका छन् ।बसन्त अहिले, संयुक्त राज्य अमेरिकामा छन् । उनले त्यहाँ क्लब क्रिकेट खेलिरहेका छन् । नेपालमा विभिन्न लिग र राष्ट्रियस्तरका प्रतियोगिताहरु भइरहेपनि उनी किन खेलिरहेका छैनन्, धेरैको चासोको विषय बनेको छ । विभिन्न स्रोतलाई आधार मान्ने हो भने, बसन्तले अमेरिकामा स्थायी वशोवासका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छन् । आइसीसी लिग २ अन्र्तगत तीन महिनाअघि नेपालको अमेरिका भ्रमणका क्रममा बसन्त, पृथु बास्कोटा लगायतले खेलाडीले अभ्यास खेलका क्रममा अलस्टार्सबाट नेपाल विरुद्ध खेलेका थिए । बसन्तले नेपालका लागि लिस्ट ए मा ३९ खेलबाट ५० विकेट, ४ एकदिवसियमा ४ विकेट तथा १८ टि ट्वान्टी आइमा २५ विकेट लिएका छन् ।

 

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services