नोभेम्बरमा सिड्नीमा नेपाल फेस्टिभल
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले आगामी नोभेम्बर १९ तारिखमा सिड्नीमा नेपाली फेस्टिभल आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र एनआरएन न्यू साउथ वेल्स लगायतको आयोजनामा फेस्टिभल हुन लागेको हो । फेस्टिभलका लागि आवश्यक तयारीलाई अघि बढाईएको छ ।

फेस्टिभलमा न्यू साउथ वेल्स राज्य सरकारले पनि सहयोग गर्ने जनाएको छ । फेस्टिभल नोभेम्बर १९ मा सिड्नीको बरउडपार्कमा आयोजना हुने एनआरएन एनएसडब्लु संयोजक देव गुरूङले जानकारी दिए । हरेक दुई बर्षमा सिड्नीमा नेपाल फेस्टिभल आयोजना हुने गरेको छ । संयोजक देब गुरूङले महोत्सवमा अस्ट्रेलियाको प्रधानमन्त्रीदेखि मल्टी कल्चर मन्त्री समेतलाई निमन्त्रणा दिइएको बताए । एक लाख चालिस हजार डलर बजेट रहेको महोत्सवमा प्रायोजक, स्टल र सहयोगीबाट रकम उठाइने लक्ष्य राखिएको छ । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा क्वीन्सफोर्ड कलेजले हात बढाएको आयोजकले जनाएको छ ।

 

 

(Visited 87 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services