पिरना से–फोक्सुन्डोलाई एनपिएलको उपाधी
प्रकाशित मितिः2 years ago

सिड्नी । पिरना से–फोक्सुण्डो स्टाईकस्ले अस्ट्रेलियाको सिड्नीमा सम्पन्न पहिलो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा भाइव्रेन्ट वेगनास स्टारलाई ४ रनले हराउँदै से–फोक्सुण्डोले उपाधि माथि कब्जा जमाएको हो । जितका लागि १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको वेगनासले १९.४ ओभरमा १ सय १४ रनमा अलआउट भयो । उसका लागि अन्तिम ओभरमा ११ रनको चाहिएको अवस्थामा से–फोक्सुण्डोका कप्तान लोचन धितालले ७ रन खर्चिदै महत्वपूर्ण विकेट ल्याएका थिए ।

बेगनासका लागि विशाल थापाले सर्वाधिक २३, ओपनर सरोज बरियातले १८ रनको योगदान दिदाँ तल्लोक्रमका सुजन कार्कीले ६ बलमा १७ रनको विस्फोटक इनिङ खेलेका थिए । कप्तान सरोज पाठक, भिभेक देवकोटा र मिलन पुलामीले समान १०/१० रनको योगदान दिए । पिरना से–फोक्सुण्डोका लागि साहेल खानले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट प्राप्त गरे । कप्तान लोचन धिताल र अमान सिंहले २/२ विकेट प्राप्त गर्दा निकेश उप्रेती र दिपेन्द्र थापाको नाममा १/१ विकेट रह्यो । यसअघि सिड्नीको विमेन पार्कमा टस जितेर व्याटिङमा ओर्लिएको पिरना से–फोक्सुण्डो १९.३ ओभरमा १ सय १८ रनमा अलआउट भयो । उसका लागि विकेटकिपर व्याटर अरजेन अर्यालले सर्वाधिक २४, भिकेस जोशीले २१, दिपेन्द्र थापाले २२ र साहेल खानले १८ रनको योगदान दिए ।

भाइव्रेन्ट वेगनासका लागि सुजन कार्की, सागर शर्मा र सुवोधले समान २/२ विकेट प्राप्त गरे भने विजय जिसी र सुरज बरियातको नाममा १/१ विकेट रह्यो । बलिङतर्फ ३ विकेट र व्याटिङमा १८ रनको योगदान दिएका साहेल खान फाइनलको म्यान अफ दि म्याच चुनिए । उपाधीसँगै पिरना ट्रफी सहित आकर्षक पुरस्कार जितेको छ । नेप्लिज क्रिकेट एशोसिएशन अफ अस्ट्रेलिया (एनसीएए)को आयोजनामा  सिड्नीमा पहिलो पटक फ्रेन्चाइजमा आधारित एनपिएल आयोजना गरिएको हो । जहाँका ४ वटा टिमले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए । एनपिएललाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ । (एनसीएए)ले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । क्लबका अध्यक्ष करण श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । एनसीएएले अक्टोबर २ देखि सिजन २२/२३का लागि च्याम्पियनसिप ट्रफी पनि सुरु गर्न लागेको जनाएको छ । त्यसका लागि आइतबार सहभागी टिमहरुको ‘ड्र’ पनि गरिएको छ ।

 

(Visited 153 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services