पोखरा कपमा सिपिएको ह्याट्रिक
प्रकाशित मितिः2 years ago

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले अस्ट्रेलियाको सिड्नीमा सम्पन्न चौथो पोखरा भलिबल कपको उपाधि जितेको छ । यससँगै सिपिएले लगातार तेस्रो पटक विजेता बन्दै उपाधिमा ह्याट्रिक गरेको छ । आइतबार अर्वन बास्केटबल सेन्टर लिडकममा भएको रोमाञ्चक फाइनल भिडन्तमा ढोरपाटक क्लबलाई ३–२को सेटमा हराउँदै सिपिएले भलिबलमा आफ्नो दबदबा कायम राखेको हो । सिपिएले उपाधीसँगै ट्रफी, प्रमाणपत्र सहित नगद पुरस्कार हात पारेको छ ।

सिपिएले गोर्खा स्पोर्ट्स क्लबलाई ३–२ को सेट र ढोरपाटनले म्याग्दीकाली युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।पोखरा भलिबल क्लबको आयोजनामा गत सेप्टेम्बर ११ तारिखमा सिड्नीको ओलम्पिक पार्कमा प्रतियोगिता सुरु गरिएको थियो । फाइनल भिडन्त हेर्न थुप्रै खेलप्रेमीहरु खेल मैदानसम्म पुगेका थिए । क्लबका संयोजक अर्जुन गुरुङले प्रतियोगीता सफल बनाउन सबैमा धन्यबाद दिएका छन् । प्रतियोगीतामा विभिन्न ११ टिमले सहभागिता जनाएका थिए ।

(Visited 139 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services