सिड्नी । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि किशोरी बलात्कारको आरोप लागेसँगै उनलाई नेपाल क्रिकेट सघ क्यानले निलम्बन गरिसकेको छ । अदालतसम्म पुगेको उनको मुद्धालाई लामिछानेले कसरी प्रतिबाद गर्छन् भन्ने कुरा हेर्न बाँकी नै छ । लामिछाने माथिको आरोपसँगै विकसित घटनाक्रमले नेपाली क्रिकेटलाई धेरै ठुलो धक्का लाग्ने निश्चित देखिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सन्दीपको ठाउँमा नयाँ कप्तान त सहजै प्राप्त गर्न सक्लान् तर, एउटा खेलाडीका रुपमा सन्दीप जस्तै प्रतिभा प्राप्त गर्नु चुनौतीपूर्ण र अत्यन्तै असहज देखिएको छ, तथापी क्यानसँग नयाँ प्रतिभा माथि विश्वास गर्नुको पनि कुनै विकल्प छैन, किनभने अदालती प्रक्रियामा पुगेको लामिछानेमाथिको मुद्दाको किनारा कहिले लाग्ने हो, कुनै टुँगो छैन ।सन्दीप लामिछानेको अनुपस्थितिमा खाशगरि नेपालको स्पिन आक्रमण कस्तो होला ?, सन्दीपको अभाव पूर्ति गर्न सक्ने स्पीनरहरु को–को हुनसक्छन् ? नेपाली क्रिकेटमा अहिले यो सर्वाधिक महत्वपूर्ण प्रश्न हो । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला )
नेपालको प्रमुख हतियार भनेको बलिङ हो, त्यसमाथि पनि स्पिन बलिङ एशोसिएट राष्ट्रकै उत्कृष्ट मानिन्छ । बसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मीहरुले करिब एक दशक नेपालको स्पिन आक्रमणको मोर्चा सम्हालेका थिए । उनीहरुको खेल जीवनको उत्तरार्धमा सन्दीप लामिछानेको उदयले नेपालको स्पिन आक्रमणलाई अझ बलियो बनायो । सन्दीपको उदय नेपालमा मात्र होइन्, विश्वका हरेक क्रिकेटिङ राष्ट्रमा हुने फ्रेन्चाइज लिगमा उनको सहभागिताले व्यक्तिगत मात्र होइन्, समग्र नेपालकै पहिचान अन्तराष्ट्रियस्तरमा स्थापित गर्न मदत पुग्यो ।
सन्दीपको अभावमा सुशान भारी प्रमुख स्पीनर बन्न सक्नेछन् । टि ट्वान्टी भन्दा एकदिवसीयमा उनको रेकर्ड राम्रो छ । एकदिवसीयमा ११ खेलबाट १५ विकेट लिएका भारी हालै सम्पन्न नवौ राष्ट्रिय खेलकुद अन्र्तगत क्रिकेट प्रतियोगितामा आर्मी क्लबबाट खेल्दै लुम्बिनी प्रदेशविरुद्ध ह्याट्रिक सहित ५ विकेट लिएका थिए । बायाँ हाते स्पीनर भारी, सन्दीपको स्पिन जोडीका रुपमा टिममा समावेश हुने भएपनि पछिल्लो स्कटल्याण्ड र केन्या भ्रमणमा भने टिममा थिएनन् । सन्दीपको अभावमा स्पिन बलिङको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीको काँधमा आएको छ भन्दा फरक पर्दैन ।
पछिल्लो एक दशक नेपाली क्रिकेटमा सदावहार नाम हुन्, दिपेन्द्र । तीनवटै इाइमेन्शनमा उत्तिकै पोख्त दीपेन्द्र, सन्दीप बाहेकका स्पीनरहरु अन्तराष्ट्रिय प्रतियोगिताहरुमा निरन्तर असफल बन्दै जाँदा आफुलाई अब्बल सावित गरेका छन् । व्याटिङ, फिल्डिङसँगै स्पीन बलिङका लागि दिपेन्द्र सबैभन्दा भरपर्दा खेलाडी बनेका छन् ।सन्दीपको लिगेसीलाई निरन्तरता दिने संभावना भएका अर्का खेलाडी हुन, शाहब आलम । एकदिवसीय र टि ट्वान्टी दुबै फरम्याटमा नेपालबाट टिम पर्दै आएका आलमले अहिलेसम्म सम्झन लायक प्रर्दशन गर्न सकेका छैनन् । घरेलु फ्रेन्चाइज क्रिकेट मार्फत उदाए आलमले आफुलाई थप परस्कृत बनाउनुपर्ने आवश्यक छ ।
आलमसँगै भखरै नेपाल टिममा उदाएका बशीर अहमदको ठुलो संभावना छ । आइसीसी लिग २ अन्र्तगत स्कटल्याण्ड र हालै सम्पन्न केन्या भ्रमणमा उनले ठिकठाक प्रर्दशन गरेका थिए । बायाँ हाते स्पीनर बसिर स्पीन बलिङसँगै व्याटिङमा पनि क्षमता राख्दछन्, उनले केन्या भ्रमणका समयमा अन्तिम एकदिवसीय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका थिए ।त्यस्तै, अर्का छन्, ललित नाराण राजवंशी । चोटका कारण निकै लामो समय खेल भन्दा बाहिर रहेका राजवंशीले नवौ खेलकुद मार्फत पुनरागमन गरेका छन् । उनीबाट पनि नेपालले निकै अपेक्षा गरेको छ । सागर ढकाल नेपाली स्पिन आक्रमणमा संभावना बोकेको खेलाडी हुन् ।
नेपाली टिमबाट खेलीसकेका सागर घरेलु प्रतियोगिताहरुमा जर्वरजस्त प्रर्दशन गरेसँगै राष्ट्रिय टिम सम्मका यात्रा तय गरेका थिए, भलै, उनले अन्तराष्ट्रियस्तरमा त्यति उत्कृष्ट प्रर्दशन दिन सकेका छैनन् । यसका अतिरिक्त, पवन सर्राफ, कुशल मल्ल, सागर पुन जस्ता खेलाडीहरुले राम्रो स्पिन बलिङ गर्ने गर्दछन् । क्यानले घरेलु प्रतियोगिताहरु मार्फत यी खेलाडीका अतिरिक्त नयाँ प्रतिभाको खोजीका लागि पनि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services