नेपालमा बाढीपहिरोको वितण्डा, १७ को मृत्यु, ६ जना बेपत्ता
प्रकाशित मितिः2 years ago

काठमाडौँ । केहिदिन देखिको अविरल बर्षाका कारण नेपालको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरोले उधुम मच्चाएको छ । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो । तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।उनीहरुको खोजी भइरहेको छ ।

यस्तै पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services