भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
प्रकाशित मितिः2 years ago

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समिफाइनलामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो ।

प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी थिइन् । पहिलो हाफको खेलमा भारतले नेपाललाई कडा चुनौती दिए पनि नेपालले त्यसको सामना गरेको थियो । अन्ततः खेलको पहिलो हाफमा भारत नेपालसामू चुक्यो । १–० मा सीमित भएर पहिलो हाफको खेल सकिएको थियो । खेलको दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services