बेगनास स्टार र से–फोक्सुन्डो स्टाईकस् एनपिएलको फाइनलमा
प्रकाशित मितिः2 years ago

सिड्नी । भाइव्रेन्ट वेगनास स्टार र पिरना से–फोक्सुण्डो स्टाईकस् अस्ट्रेलियाको सिड्नीमा जारी नेप्लिज प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेका छन् । एनपिएलमा ४ वटा फ्रेन्चाइज टिमहरुले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । समान ६/६ खेलबाट भाइव्रेन्ट वेगनास स्टार र पिरना से–फोक्सुण्डो स्टाईकस्ले ४ जित र २ हारका साथ समग्रमा ८/८ अंकका साथ फाइनलको यात्रा सुनिश्चित गरेका हुन् ।

नेट रनरेटको आधारमा भाइव्रेन्ट वेगनास स्टार शीर्षस्थान र पिरना से–फोक्सुण्डो स्टाईकस् दोश्रो स्थानमा रहँदै फाइनल भिडन्त पक्का गरेको नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)ले जनाएको छ । प्रतियोगितामा मेरिट छो–रोल्फा च्यालेन्र्जस् र रे पपर्टीज गोक्यो हिरोज्ले ६ खेलमा ४ मा हार र २ मा जित निकाल्दै समग्रमा ४/४ अँक जोडेका थिए । एनपिएलको फाइनलमा आउँदो आइतबार बेमान पार्कमा हुने एनसीएएका अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । ‘सबैको साझा सहयोगले प्रतियोगिता सफल रुपमा आयोजना गर्न सक्षम भएका हौँ’, उनले भने, ‘फाइनलको रोमाञ्चक भिडन्त हेर्न उपस्थितिका लागि सबैमा आग्रह गर्दछु ।’

एनपिएललाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ । (एनसीएए)ले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । अध्यक्ष श्रेष्ठले आगामी संस्करणलाई अझ व्यवस्थित र अन्य शहरका खेलाडीहरुलाई पनि सहभागि गराउने योजना रहेको जानकारी दिए ।

 

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services