सिपिए र ढोरपाटन चौथो पोखरा भलिबल कपको फाइनलमा
प्रकाशित मितिः2 years ago

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलिया सिड्नीमा जारी चौथो पोखरा भलिबल कपको फाइनलमा प्रवेश गरेका छन् । फाइनल आउँदो आइतबार अर्वन बास्केटबल सेन्टर लिडकममा हुदैछ । प्रतिस्पर्धात्मक सेमीफाइनलमा सिपिएले गोर्खा स्पोर्ट्स क्लबलाई ३–२ को सेट र ढोरपाटनले म्याग्दीकाली युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा पक्का गरेका हुन् । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला ।)

पोखरा भलिबल क्लबको आयोजनामा गत सेप्टेम्बर ११ तारिखमा सिड्नीको ओलम्पिक पार्कमा प्रतियोगिता सुरु गरिएको थियो । फाइनलका लागि सम्पूर्ण तयारी पुरा भएको क्लबका संयोजक अर्जुन गुरुङले जानकारी दिए । ‘बिहान ११ बजेदेखि खेल सुरु गर्नेछौँ । दुई उत्कृष्ट टोलीको भिडन्त हेर्न सबैलाई आब्हान पनि गर्दछु’, संयोजक गुरुङले भने ।सिड्नीमा सिपिए र ढोरपाटन क्लब चिरपरिचित प्रतिद्धन्द्धी हुन् ।

थुप्रै पटक आमुनेसामुने भएका यी दुई टोलीको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।विभिन्न ११ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई नगदसहित ट्रफी र प्रमाणपत्रहरुले पुरस्कृत गरिने क्लबले जनाएको छ । प्रतियोगितालाई ग्लोबल कन्सल्ट, एजुकेशन, भिषा एण्ड माइग्रेसन, होलमेस इस्टिच्यूड लगायतका संघसंस्थाले प्रायोजन गरेका छन् ।

 

 

(Visited 113 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services