
सिड्नी । अन्तराष्ट्रिय लाईसेन्सधारी सवारीचालकका कारण दुर्घटना बढेको भन्दै अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा नेपाली सवारी चालक अनुमति पत्रले गाडी चलाउन नपाउने भएको छ । यो नियम आगामी नोभेम्बरबाट सुरु हुनेछ । उक्त नियम अनुसार नोभेम्बरदेखि तीनमहिना भित्र सम्पूर्ण अन्तराष्ट्रिय लाईसेन्सधारी सवारीचालकलले अस्ट्रेलियन लाईसेन्स लिनुपर्नेछ । यसबाट खाशगरि नेपाली सहित अन्तराष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष मारमा पर्ने देखिएको छ । अस्ट्रेलियन सवारी लाईसेन्स प्राप्त गर्नका लागि सैद्धान्तिक परिक्षासँगै सडकमै डाईभिङ परिक्षा उत्र्तीण गर्नुपर्ने हुन्छ । डाइभिङ परिक्षा पास भएपछि पनि पूर्ण लाइसेन्स प्राप्त गर्न अर्को २ बर्ष कुर्नुपर्ने हुन्छ । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला ।)
सिड्नीमा विगत डेढबर्षदेखि डाईभिङ प्रशिक्षकको रुपमा कार्यरत प्रकाश लामिछाने नोभेम्बरबाट लागू हुने नियम अन्र्तगत तीनमहिना भित्र सबै अन्तराष्ट्रिय लाईसेन्सधारीले अस्ट्रेलियन लाइनसेन्सका लागि प्रक्रिया सुरु गर्नुपर्ने बताए ।नेपालसँगै चीन र भारतसहित अन्य मुलुकबाट अष्ट्रेलिया आएकाहरूले सवारी चलाउन अब अस्ट्रेलियन लाइसेन्स अनिवार्य लिनैपर्ने हुन्छ । भने जर्मनी, बेलायत र अमेरिकाजस्ता मुलुकको सवालमा भने उताको लाइसेन्सले यता सहजै अस्ट्रेलियन लाइसेन्समा ट्रान्सफर हुने जनाइएको छ।
गत वर्ष एक नाइजेरियन लाइसेन्सधारीले अन्धाधुन्ध सवारी चलाउँदा हन्टर क्षेत्रमा हफरकम्यान नामक व्यक्तिको मृत्यु भएपछि सो परिवारले अन्तर्राष्ट्रिय लाइसेन्सलाई प्रतिवन्ध लगाउनुपर्ने भन्दै अनलाइनमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । न्यू साउथ वेल्स राज्यमा मात्र होइन् अस्ट्रेलियाको अन्य राज्यहरुमा पनि निश्चित समयावधि भित्र अस्ट्रेलियन लाईसेन्स लिनुपर्ने हुन्छ । भिक्टोरियामा ६ महिना र नर्दन टेरोटोरीमा तीन महिना भित्र अन्तर्राष्ट्रिय लाइसेन्सवाहकले स्थानीय चालक अनुमति पत्र प्राप्त गर्नुपर्ने नियम छ । अस्ट्रेलियन लाइसेन्स लिनुपर्ने भएपछि अहिले सिड्नीका डाइभिङ इस्टिच्युडहरुमा निकै भीड बढेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services