देश बचाउन र बनाउन मंसिर ४ मा हलोमा मतदान गरौँ ः लिङ्देन
प्रकाशित मितिः2 years ago

म्याग्दी, २८ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अब यो देश बचाउने र बनाउने एक मात्र पाटी राप्रपा भएको बताउनुभएको छ । उहाँले राप्रपा म्याग्दीले आयोजना गरेको बृहत आम भेला तथा पाटी प्रवेश कार्यक्रममा बोल्दै नेपाली जनतालाई पर्खने र हेर्ने सुविधा बताउनुहुदै देशको नेतृत्वमा सक्षम पाटी छान्ने जिम्मा जनतामा आएको बताउदै आगामी निर्वाचनमा राप्रपा पार्टी रोज्न आग्रह गर्नुभयो ।

देशमा कांग्रेस र कम्युनिष्टको नेतृत्वको सरकारले भष्ट्रचार, महङ्गी बढाएर युवालाई विदेश पलायन गर्न बाध्य बनाएको आरोप लगाउदै उहाँले आगामी निर्वाचनमा कांग्रेस कम्युनिष्टलाई मतदानको बाकसमा खाली गराएर काठमाण्डौ र धरानजस्तै देशैभरी खाली गराउने जिम्मा जनताको हातमा रहेको बताउनुभयो ।

भष्ट्रचारलाई सामान्य मान्दा देशमा जनताले दुख पाएको बताउदै नेता र नेतृत्व सुधार्न जनता जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । विगतका निर्वाचनमा सही नेता र पाटीलाई नेतृत्वमा पु¥याउन नसक्दा युवाहरु रोजीरोटीको लागि वैदेशीक रोजगारमा जान बाध्य भएको उहाँको तर्क थियो ।

दुई ठुला पाटीले लामो समय नेतृत्व लिएपनि स्वदेशमा एक हजार युवालाई रोजगार दिने उद्योग संचालन गर्न नसकेको बताउदै भएको उद्योगधन्दा बन्द गराएको आरोप लगाउनुभयो । खुल्लामञ्चमा भएको आमसभामा विभिन्न पाटी परित्याग गरी आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष लिङ्देनले फूलमालाले सम्मान गर्दै पाटी प्रवेश गराउनुभएको थियो ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services