श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
प्रकाशित मितिः2 years ago

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।नेपाललाई सेमिफाइनलमा पुर्याउनका लागि अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल भए ।

रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा रश्मीकुमारी घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएकी थिइन् । हिरा कुमारी भुजेलको क्रसमा उनले हेडिङमार्फत गोल गरेकी थिइन् ।खेलको केही मिनेटमै सरु लिम्बुले पनि हेडिङमार्फत गोल गर्न सफल भइन् । अमृता जैशीले १७ औं मिनेटमा हेडिङमार्फत नै गोल गरिन् । यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले फेरि गोल गरिन् ।खेलको दोस्रो हाफको खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । साथै, अमिसाले खेलको इन्जुरी समयमा पुनः दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services