एनआरएनए र बागमतीबीचको खेल रद्द
प्रकाशित मितिः4 years ago

सिड्नी । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको आइतबार तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेशबीचको खेल रद्द भएको छ । मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एनआरएनए र बागमतीबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो।

खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । एनआरएनएले पहिलो खेल जितेको थियो । दोस्रो खेल नतिजा विहीन टुङ्गाएको एनआरएनएको तेस्रो खेल समेत रद्द भएको हो । यता, बागमतीको यो लगातार तेस्रो खेल रद्द भएको हो ।समूह ’बी’ मा रहेको एनआरएनले ३ खेलमा ५ अंक ओडेको छ । एनआरएनए अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । बागमती ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

(Visited 37 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services