एएफसी यू–२० च्याम्पियनसिप छनोटमा नेपाल भूटानसँग २–० ले हार्यो
प्रकाशित मितिः4 years ago

काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप २०२३ छनोट अन्तर्गतको खेलमा नेपाल भूटानसँग २–० गोलले पराजित भएको छ ।समूहको पहिलो खेलमै नेपाल भूटानसँग पाराजित हुन पुगेको हो ।शनिबार राति बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल गर्न सफल भएको थियो ।

भूटानका लागि खेलको ३३ औं मिनेटमा सोनाम चोजाङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमै भूटानले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।कर्मा टासी जाम्सोले भूटानका लागि अर्को गोल गरेका थिए । खेलको अन्त्यतिर नेपालका खेलाडीले रातो कार्ड खाँदै १० जनामा सिमित भएको थियो ।खेल अवधिभर नेपालले भूटानबिरुद्ध कुनै गोल गर्न सकेन। एएफसी यू–२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् ।एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । उक्त खेल खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ ।

(Visited 122 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services