गीतकार रोकाको ‘तिमीलाई नदेख्दा.’ सार्बजनिक
प्रकाशित मितिः4 years ago

सिड्नी । कोभिड महामारीको समय क्वारेनटाइनमा रहनुपर्दा तपाँईले सबैभन्दा बढी कसलाई ‘मिस’ गर्नुभयो ? पक्कै पनि सबैभन्दा प्रिय मान्छे, घरपरिवार र साथीभाई । गीतकार मुक्ति रोका पनि कोभिड महामारीका बीच जन्मभूमि नेपालबाट कर्मभूमि अस्ट्रेलिया फर्कदा १५ दिन क्वारेन्टाइनमा बस्नुपर्‍यो । त्यहिबेला सबैभन्दा प्रिय मान्छे, घरपरिवार र साथीभाईलाई देख्न र भेट्न नपाउँदाको अनुभुतिलाई उनले गीत मार्फत प्रस्तुत गरेका छन् । ‘तिमीलाई नदेख्दा..’ बोलको गीत म्युजिक भिडियोसहित हालै मात्र सार्वजनिक गरिएको छ । (भिडियो हेर्न लिंकमा जानुहोला )

वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई अर्पण गर्दै सार्वजनिक गीतको म्युजिक भिडियोले संगीतप्रेमीहरुबाट राम्रो प्रशंसा पाएको छ । गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको उनको गीत ‘ म्युजिक भिडियो पनि सुन्दर छ। ‘कोभिड–१९ का कारण नेपालबाट अष्ट्रेलिया फर्कंदा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्‍यो। त्यो क्षणमा परिवारको सम्झना आइरह्यो’, उनले गीत लेखनको सन्दर्भ सुनाए, ‘क्वारेन्टाइनको छटपटिले मनलाई सताइरहेको थियो। अनि एकाबिहान मैले यो गीत लेखेको हुँ।’

छेवाङ लामाको निर्देशनमा बनेको भिडियोमा आकाश श्रेष्ठ र एलिसा राईले अभिनय गरेका छन्। म्याग्दीको मंगला गाउँपालिकास्थित कुहुँमा जन्मेका उद्यमी समेत रहेका गीतकार रोका २२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्। उनले जन्मथलोको शैक्षिक र सामाजिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएका छन्।

 

(Visited 266 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services