चार्ल्स बने बेलायतको नयाँ राजा
प्रकाशित मितिः2 years ago

सिड्नी । चार्ल्स बेलायतको नयाँ राजा बनेका छन् । सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका हुन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए। उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वत: राजा बनेका हुन्।बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन्।

महारानी एलिजाबेथ द्वितीयको निधनको खबरसँगै बेलायत शोकमा डुबेको छ ।राजनिवास बकिंघम प्यालेसको मुल ढोकाका उनको निधनको सूचना राखिएको छ । बाहिर सयौं मानिस जम्मा भएका छन् र पुष्पगुच्छा राखेर श्रद्धान्जली दिइरहेका छन् ।बेलायका विभिन्न स्थानमा पनि मानिसहरुले फूल राखेर एलिजाबेथ द्वितीयप्रति सम्मान व्यक्त गरेका छन् ।

(Visited 99 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services