एनआरएनएको विजयी सुरुवात
प्रकाशित मितिः2 years ago

सिड्नी । पूर्व राष्ट्रिय क्रिकेटर सागर पुनको शानदार व्याटिङमा बिहीबारदेखि काठमाडौँमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट मैदानमा ४ वर्षपछि फर्किएका सागर पुनले १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । सागरले २०१८ पछि पहिलो पटक घरेलु क्रिकेट खेलेका हुन् । (भिडियो न्युजका लागि लिंकमा जानुहोला )

कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन जोड्यो । ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।आक्रामक सट खेल्ने धुनमा लगातार विकेट गुमाएपछि सुदूरपश्चिम पराजित भएको थियो । एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले ३–३ विकेट लिए ।

यसैबीच, वर्षाको कारण पहिलो दिन तीनवटा खेल रद्ध भएका छन् । चार मध्य तीन खेलमा रद्ध भएपछि सबै टोलीले एक एक अंक बाँडेका छन् ।
भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिताको समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन भने समूह बी मा एनआरएनए नेपाल, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र नेपाल एपिएफ क्लब छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

(Visited 112 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services