प्रेममा दोधार भएपछि गायक पराजुलीले सोधे, ‘क्यार्ने हो..?’
प्रकाशित मितिः2 years ago

सिड्नी । प्रेममा विछोड चाहेर हुने कुरा नै होइन् । तर, अक्सर विछोडले आम प्रेमीहरु छटपटीरहेका हुन्छन् । प्रेमलाई सहि दिशा दिन के–के गर्नुपर्छ ? जरुर, त्यसको कुनै फर्मुला छैन । तर, सफल प्रेमीहरुलाई मान्ने हो भने, मायाँको दौडमा विश्वास सबैभन्दा ठुलो तागत, जुन दोहोरो हुनुपर्छ । यस्तै मायाँ हुने विश्वास, विछोड अनि पुर्नमिलनलाई जोडेर गायक सञ्जिब पराजुलीले ‘क्यार्ने हो ?’ बोलको गीत सार्वजनिक गरेका छन् । अस्ट्रेलिया कर्मथलो बनाएका गायक पराजुलीले आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्दै आएका छन् । ‘(भिडियो हेर्न लिंकमा जानुहोला)

यसपटक गीत ‘क्यार्ने हो‘’ मा पनि केही नयाँ प्रयोग गरेको छु, त्यसलाई आम संगीतप्रेमीहरुले मन पराउनुहुन्छ भन्ने विश्वास छ’ उनले भने । संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको उक्त नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको हो । भिडियोलाई दर्शक र संगीतप्रेमीहरुले निकै मन पराएका छन् ।गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् । राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको बताईएको छ ।

नेपाली म्युजिक भिडियोको इतिहासमासम्भवत: पहिलो प्रयोग भएको गायक पराजुलीको दाबी छ । भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ समूह तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ । ‘सिंगल शट’ म्युजिक भिडियोको सार्वजनिक सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । गायक पराजुलीले यसअघिका ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services